तीन वर्षदेखि एकदिवसीय नखेलेका पोलार्ड बने राष्ट्रिय टिमको कप्तान

डिसी नेपाल
२४ भदौ २०७६ ९:१८

एजेन्सी । वेष्ट इण्डिजका खेलाडी काइरोन पोलार्ड टिमको नयाँ कप्तान बनेका छन्। विश्वकप २०१९मा खराब प्रदर्शन र हालै सकिएको भारतविरुद्धको सिरिजमा पनि निराशाजनक प्रदर्शन पछि पोलार्डले एकदिवसीय र टी–२० टिमको कप्तानी समाल्ने जिम्मा पाएका हुन्।

यो सँगै एकदिवसीय टिमका कप्तान ज्यासन होल्डर र टी–२० टिमका कप्तान कार्लोस ब्राथवेटले कप्तानबाट छुट्टी पाएका छन्। क्रिकइन्फोको रिपोर्ट अनुसार सीडब्ल्यूआईले शनिबार उक्त फैसला गरेको हो। चयन समितिले पोलार्डको नाम राखेर भोट गरका थिए। जसमा ६ जना निर्देशकले उनलाई भोट दिए भने बाँकी ६ जनाले दिएनन्। ३२ वर्षीय पोलार्ड ३ वर्षदेखि एकदिवसीय खेल खेलेका छैनन्।

उनी सन् २०१६ को अक्टोबरमा अन्तिम एकदिवसीय खेल खेलेका थिए। यस्तै विश्वकप २०१९मा रिजर्भ खेलाडीमा समावेश थिए। पोलार्डलाई हालै भारतविरुद्धको टी–२० सिरिजमा टिममा बोलाइएको थियो। दिग्गज अलराउण्डर पोलार्डले अहिलेसम्म १०१ वनडे तथा ६२ टी–२० खेलेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *