यू–१९ एसिया कपः नेपालले पहिला ब्याटिङ गर्ने

डिसी नेपाल
२४ भदौ २०७६ ९:४५

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा हुने युएईविरुद्धको खेलमा नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । युएईले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो ।

युएईविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य सान्त्वना जित निकाल्नु हुनेछ । नेपाल एक जितसहित घर फर्कन चाहन्छ । त्यसका लागि नेपाल तुलनात्मक कमजोर टिम युएईलाई शिकार बनाउने योजनामा हुनेछ ।

तर, युएईविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । युएई पनि सान्त्वना जित निकाल्दै घर फर्कन चाहन्छ । समूह बी मा दुई खेल गुमाएको नेपाल अंक विहिन रहदै तेस्रो स्थानमा छ । युएई पुछारमा छ ।

नेपालले पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदा नेपालको सेमिफाइनल सम्भावना सकिएको थियो ।

नेपालको प्लेइंग ११ः

रोहित कुमार पौडेल, भिम शार्की, कुशल मल्ल, सागर ढकाल, आशिफ शेख, कमल सिंह ऐरी, रित गौतम, पवन शर्राफ, राशिद खान, सन्दिप जोरा, सुर्या तामाङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *