विश्वकप छनोटमा कप्तानले पेनाल्टी मिस गरे, समर्थकले घरमै गएर आक्रमण गरे

डिसी नेपाल
२४ भदौ २०७६ १४:१६

एजेन्सी। सियरा लियोन राष्ट्रिय फुटबल टिमका कप्तानले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा दुःखद परिणाम भोग्नु परेको छ । आइतबार भएको खेलमा अन्तिम समयमा पाएको पेनाल्टीलाई मिस गरेपछि समर्थकले कप्तान उमारु बांगुराको घरमा आक्रमण गरेका छन् ।

घरेलु मैदानमा भएको खेलमा बांगुराले पेनाल्टी मिस गर्दा सियरा लियोन लाइबेरियासँग समग्रमा ३–२ ले पराजित हुँदै कतार विश्वकपमा पुग्नबाट बञ्चित भयो । यद्यपी सियरा लियोन दोस्रो लेगमा १–० ले विजयी भएको थियो ।

पेनाल्टीमा गोल गर्न नसकेपछि समर्थकहरुले कप्तान बांगुराको घरमा ढुंगा प्रहार गरेका थिए । समर्थहरुको आक्रमणका कारण बांगुराका घरका सिसाहरु फुटेका थिए । ‘यो मेरो जीवनकै सबैभन्दा खराब क्षण थियो,‘ बांगुराले भने ‘म घरबाट बाहिर निस्किने अवस्था छैन ।’

‘समर्थकहरुबाट मैले यस्तो अपेक्षा नै गरेको थिइनँ । सबै खेल प्रेमीप्रति म क्षमता याचना गर्न चाहन्छु,’ बांगुराले भने । यदि त्यो गोल गर्न सकेको भए सियरालियोन अवे गोलको आधारमा विश्वकप अफ्रिकी छनोटको दोस्रो चरणमा पुग्ने थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *