एशिया कपमा नेपालको सान्त्वना जीत, युएइलाई १६० रनले हरायो

डिसी नेपाल
२४ भदौ २०७६ १६:५४

काठमाडौं । एसिसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत समूहगत चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले मंगलबार यूएईलाई एक सय ६० रनले हराएको छ।

नेपालले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याएको यूएई ३४ ओभर ४ बलमा एक सय २५ रनमा सिमित भयो। नेपालका बलर सागर ढकालले तीन तथा पवन सर्राफ, रसिद खान र सुर्य तामाङले दुई दुई विकेट लिए। यूएईका कुनैपनि ब्याट्सम्यानले अर्धसतक बनाउन सकेनन्।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान तथा विकेटकिपर रोहित पौडेलले ६७, सन्दीप झोराले ४८, आरिफ शेखले ४५, रसिद खानले ४४ र कमल एेरीले ४१ रन बनाए। नेपालका दुवै ओपनर ब्याट्सम्यान शुन्यमा आउट भएका थिए।

सुरुका दुई खेलमा हार ब्यहोरेपछि नेपाल पहिलो चरणबाटै बाहिरिने पक्का भएको थियो। नेपाल पहिलो खेलमा श्रीलंका र दोस्रोमा बंगलादेशसँग पराजित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *