विश्वकप छनोटः अन्जनले ताईपेइ विरुद्ध २ गोल गर्दै नेपाललाई दिलाए जित

डिसी नेपाल
२४ भदौ २०७६ १९:१६

काठमाडौं। विश्वकप फुटबल छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले चाईनिज ताईपेइलाई पराजित गरेको छ।

ताइपेइ स्टेडियममा भएको खेलमा नेपालले चाईनिज ताईपेइलाई २–० गोल अन्तरले पराजित गरेको हो।

नेपालको जितका लागि दुवै गोल अन्जन विष्टले खेलको ४ र ६२औं मिनेटमा गरेका थिए।

पहिलो खेलमा कुवेतसंग ७–० को लज्जास्पद पराजय भोगेको नेपालले यस जितसँगै दुई खेलबाट ३ अंक जोड्न सफल भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *