‘प्रदेश नं २ को नाम मिथिला’
जनकपुरधाम । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश नं २ नाम मिथिला–भोजपुरा हुनुपर्ने बताएका छन्।
राष्ट्रिय जागरण अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रमको आज जनकपुरधाममा शुभारम्भ गर्दै उनले आगामी असोज ३ हुने संविधान दिवसलाई नेपाली काङ्ग्रेसले गौरवका रूपमा मनाउने र मधेशका मागका सन्दर्भमा संविधान संशोधनको पक्षमा वकालत गरिरहेको बताए।
अन्तरघात र गुटको मनोविज्ञान काङ्गे्रसको पराजयको कारण भएको बताउँदै उनले काङ्गे्रस–काङ्गे्रसबीच सम्पर्क, संवाद र सक्रियता, वैचारिक स्पष्टता, व्यक्तिभन्दा नीति र सिद्धान्तलाई प्राथमिकताको आवश्यकता औँल्याए।रासस
प्रतिक्रिया
Facebook Comment