धादिङमा आत्महत्या रोकथाम सम्बन्धि २३ स्थानमा सचेतनामूलक कार्यक्रम संचालन

डिसी नेपाल
२४ भदौ २०७६ २१:५९

धादिङ । “विश्व आत्हत्या रोकथाम दिवस २०७६” को अवसरमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय धादिङ तथा लैङ्गिक हिंसा नियन्त्रण जिल्ला संजाल समिति धादिङको आयोजनामा नीलकण्ठ बहुमुखी क्याम्पस र सिपी कलेजमा जिल्ला प्रशासन कार्यालय धादिङका प्रजिअ अस्मान तामाङको प्रमुख आतिथ्यतामा‚ जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवार‚ महिला अधिकारकर्मी एंव अधिवक्ता राधिका सापकोटा‚ सहयात्री समाज धादिङ‚ नारी जागरण केन्द्र धादिङ‚ उत्थान नेपाललगायत मनोविमर्शकर्ता‚ संचारकर्मी‚ क्याम्पस तथा विद्यालयका शिक्षक तथा विधार्थीहरु समेतको उपस्थितीमा आत्महत्या रोकथामका लागि सचेतनामुलक कार्यक्रम संचालन गरिएको छ।

उक्त कार्यक्रममा प्रहरी उपरीक्षक राजकुमार बैदवारले आत्महत्या रोकथाम तथा नेपालमा र धादिङ जिल्लामा आत्महत्याको अवस्थामा वारेमा जानकारी र महिला अधिकारकर्मी एंव अधिवक्ता राधिका सापकोटाले धादिङ जिल्लामा आत्महत्याको मुख्य कारण र रोकथामको वारेमा समेत जानकारी गराएका थिए।

त्यसै गरी गणेश हिमाल क्याम्पस र साङकोष मा.बि.मा सोही क्याम्पस तथा स्कुलका प्रमुखको प्रमुख आतिथ्यतामा मनोविमर्शकर्ता भगवती तिवारी‚ गायत्री खतिवडा‚ सुमित्रा भण्डारी‚ विधार्थीहरुलगायतको उपस्थितिमा प्रहरी सहायक निरीक्षक रामहरी खड्काद्वारा र एडभान्स एकेडेमीमा सोही एकेडेमीका सहायक प्रमुख जिल्ला अधिकारी भीम श्रेष्ठ प्रमुख अतिथ्यतामा‚ उत्थान नेपालका सचिव सविता अर्याल‚ विधार्थीहरु लगायतको उपस्थितीमा प्रहरी नायव निरीक्षक बिष्णु गोपाल श्रेष्ठद्वारा आत्महत्या रोकथाम तथा धादिङ जिल्लामा आत्महत्याको अवस्थाको बारेमा प्रस्तुतिकरण समेत गरेका थिए।

“विश्व आत्हत्या रोकथाम दिवस २०७६” को अवसरमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत धादिङ जिल्ला अन्तर्गत अन्य प्रहरी इकाइहरु जस्तैः- ईलाका प्रहरी कार्यालय खानिखोलाद्वारा धुनिबेसि न.पा.८ खानिखोला‚ ईलाका प्रहरी कार्यालय सुनौलाबजारद्वारा निलकण्ठ न.पा.६ भैरबि उ.मा.बि.‚ ईलाका प्रहरी कार्यालय बेनिघाटद्वारा बेनिघाटरोराङ गा.पा.५ चन्द्रोदय मा.बि.‚ ईलाका प्रहरी कार्यालय दार्खाद्वारा खनियाबास गा.पा.४ दार्खा‚ प्रहरी चौकी महादेबबेशीद्वारा थाक्रे गा.पा.२ महादेबबेसि बजार‚ प्रहरी चौकी धुवाँकोटद्वारा निलकण्ठ न.पा.१४ गौरिशंकर नि.मा.बि.‚ प्रहरी चौकी जोगिमाराद्वारा बेनिघाटरोराङ गा.पा.८ मझिमटार‚ प्रहरी चौकी मलेखुद्वारा बेनिघाट रोराङ गा.पा.३ मलेखु राजमार्ग सामुदायीक अस्पताल‚ प्रहरी चौकी गल्छीद्वारा गल्छि गा.पा.७ गल्छि अस्पताल‚ प्रहरी चौकी बैरेनीद्वारा गल्छि गा.पा.८ कटरपौवा‚ प्रहरी चौकी ताल्तीद्वारा बेनिघाट रोराङ गा.पा.२ बडडाँडा‚ प्रहरी चौकी टोड्केद्वारा नेत्रावति गा.पा.५ महेन्द्र बराई मा.बि.‚ प्रहरी चौकी मार्पाकद्वारा नेत्रावती गा.पा.१ निरन्जन मा.बि.‚ प्रहरी चौकी सल्यानकोट (ख)द्वारा त्रिपुरासुन्दरि गा.पा.५ चिसापानी‚ अस्थायी प्रहरी पोस्ट खत्रिपौवाद्वारा धुनिबेसि न.पा.९ खत्रिपौवा‚ अस्थायी प्रहरी पोस्ट हाप्सेचौरद्वारा थाक्रे गा.पा.५ सिमलचौर‚ अस्थायी प्रहरी पोस्ट सिम्लेद्वारा थाक्रे गा.पा.२ सिम्ले‚ अस्थायी प्रहरी पोस्ट डुन्डुरेद्वारा खनियाबास गा.पा.२ झार्लाङ मा.बि.‚स्थितमा समेत आत्महत्या रोकथाम सम्बन्धी कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङ्गले जनाएकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *