रोनाल्डोको चार गोलमा पोर्चुगलको शानदार जित

डिसी नेपाल
२५ भदौ २०७६ ६:१२

एजेन्सी । क्रिस्टियानो रोनाल्डोको चार गोलको सहयोगमा पोर्चुगलले युरो कप छनोटमा शानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले लियुनियालाई ५–१ गोल अन्तरले हराएको हो । पोर्चुगलका लागि अर्को गोल विलियन कार्भाल्होले गरे ।

खेलको सातौ मिनेटमा रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । २८ औ मिनेटमा घरेलु टोली लुथानियका लागि आन्द्रेयुसकेविसियसले बराबरी गोल फर्काए । ६१ औ मिनेटमा रोनाल्डोले पुन पोर्चुगललाई अग्रता दिलाए । त्यसको चार मिनेटमा उनले ह्याट्रिक पुरा गरे ।

७६ औ मिनेटमा उनले पोर्चुगललाई ४–१ को स्थितीमा ल्याएका थिए । दोस्रो हाफको ईन्जुरी समयमा कार्भाल्होले गोल गर्दै पोर्चगललाई फराकिलो जित दिलाए ।

समुह बीको दोस्रो स्थानमा रहेको पोर्चुगलले ४ खेलबाट ८ अंक जोडेको छ । समुहमा एक अंक जोडेको लिथुनिया तालिकाको पुछारमा छ । समुहमा युक्रेन ५ खेलबाट १३ अंक सहित शीर्ष स्थानमा छ । अर्को खेलमा लक्जेमवर्गलाई ३–१ ले हराउँदै सर्विया तेस्रो स्थानमा उक्लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *