यू–१९ क्रिकेट टोली आज स्वदेश फर्कने

डिसी नेपाल
२५ भदौ २०७६ ६:२७

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्कने भएका छन् ।

एसिया कपको समूह चरणबाटै बाहिरिएको नेपाली टिम बुधबार बिहान नेपाल आईपुग्ने टिम म्यानेजर रमन सिवाकोटीले जानकारी गराए । नेपाली टिम बिहान ९ः१० मा स्वदेश आईपुग्ने छन् ।

प्रतियोगितामा नेपालले मात्र एक जित निकालेको थियो । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई १६० रनले पराजित गर्दै सान्त्वना जित निकालेको थियो । समूह बी मा रहेको नेपालले ३ खेलमा २ अंक जोडेको थियो । समूह चरणबाटै बाहिरिएको नेपाल तेस्रो स्थानमा रह्यो ।

नेपालले पहिलो खेलमा श्रीलंकासँग ५ विकेटको हार व्यहोरेको थियो । यस्तै दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदा नेपालको सेमिफाइनल सम्भावना सकिएको थियो । यस समूहबाट श्रीलंका र बंगलादेशले सेमिफाइनलमा स्थान बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *