३४ सेकेण्डमै गोल खाएको इंग्ल्याण्डको रोमाञ्चक जित

डिसी नेपाल
२५ भदौ २०७६ ७:३४

एजेन्सी । युरो छनोटमा इंग्ल्याण्डले कोसोवोलाई हराएको छ । सोमबार राति भएको खेलमा इंग्ल्याण्डले कोसोवोलाई ५–३ गोल अन्तरले हराएको हो ।

घरेलु टोली इंग्ल्याण्ड खेलको ३४ सेकेण्डमै पछाडी परेको थियो । खराब डिफेन्सको फाईदा उठाउँदै भालोन बेरिसाले कोसोवोलाई अग्रता दिलाए ।

तर रहिम स्टर्लिङले आठौं मिनेटमा खेल बराबरीमा ल्याए । खेलको पहिलो मिनेटमा गोल ब्यहोरेपनि पहिलो हाफभित्र ५ गोल गर्दै इंग्ल्याण्डले खेलमा आफ्नो प्रभाव जमाएको थियो ।

ह्यारी केनले १९ औ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । उनले इंग्ल्याण्डका लागि ४१ खेलमा २६ गोल गर्न सफल रहे ।

मेर्गिम वोज्वोडाले ३८ औ मिनेटमा इंग्ल्याण्डलाई ३–१ ले अघि बढाए । जाडोन साञ्चोले ४४ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ४–१ को स्थितीमा ल्याए ।

ईन्जुरी समयमा साञ्चोले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्ड पहिलो हाफमै ५–१ ले अघि बढेको थियो । साञ्चोले दुवै गोल गर्दा स्टर्लिङले पास उपलब्ध गराएका थिए ।

४९ औ मिनेटमा वेरिशाले ब्यक्तिगत दोस्रो गोल गर्दै खेलको गोल अन्तर घटाउने काम गरे । ५५ औ मिनेटमा वेदत मुरीकीले पेनाल्टीमा गोल गर्दै नतिजाको अन्तर ५–३ मा झारेका थिए ।

समुह एमा रहेको इंग्ल्याण्डले सतप्रतिसत निकाल्न सफल भएको छ । कोसोवो ५ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । चेक रिपब्लिक समेत मोन्टेङ्ग्रोलाई ३–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *