नेयमारमाथि बला*त्कारको आरोप लगाउने महिलाविरुद्ध मुद्दा दायर

डिसी नेपाल
२५ भदौ २०७६ ८:००

एजेन्सी । ब्राजिलको प्रहरीले ब्राजिलियन फरवार्ड नेयमारलाई बलात्कारको आरोप लगाउने महिलामाथि मुद्दा चलाएको छ । पुलिससँग झुटो बोल्दै खेलाडीलाई ब्लाकमेलिङ गरेको आरोपमा प्रहरीले उनलाई ठगीको मुद्दा चलाएको बीबीसीले जनाएको छ ।

ब्राजिलियन मोडल नाजिला त्रिन्दादीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले पेरिसको एक होटलमा आफुलाई बलात्कार गरेको भन्दै प्रहरीलाई उजुरी दिएकी थिइन् ।

तर, ब्राजिलियन प्रहरीले पर्याप्त प्रमाण नपाईएको भन्दै नेयमारलाई सफाई दिएको थियो। प्रहरीले त्रिन्दादीसँगै उनको पूर्व पति स्टिभेन्स अल्भेसलाई पनि मुद्दा चलाएको छ। त्रिन्दादीका वकिलले भने प्रहरीको यो कार्यले आफुलाई चकित बनाएकाे बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *