गेलले खेले तुफानी पारी, तर पनि टिमलाई जित दिलाउन सकेनन्

डिसी नेपाल
२५ भदौ २०७६ १०:०८

एजेन्सी । वेष्ट इण्डिजमा जारी क्यारेबियन टी–ट्वान्टी क्रिकेट लिग (सीपीएल) क्रिकेटमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले शानदार जित निकालेको छ । बुधबार बिहान भएको खेलमा जमैका थालावाजलाई ४ विकेटले पराजित गर्दै प्याट्रियट्सले शानदार जित निकालेको हो ।

जमैकाले दिएको २४२ रनको फराकिलो लक्ष्य प्याट्रियट्सले १८ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । योसँगै प्याट्रियट्सले टी(ट्वान्टी क्रिकेटमा दोस्रो सर्वाधिक उच्च रनको लक्ष्य पुरा गर्न सफल भएको छ ।

प्याट्रियट्सको जितमा डेभोन थोमसले४० बलमा ७१ रन जोडे । यस्तै इभान लेविस १८ बलमा ५३ रन बनाए । जमैकाका ओसाने थोमसले ४ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ४ विकेट गुमाएर २४१ रन बनाएको थियो ।

जमैकाको लागि क्रिस गेलले ११६ रनको तुफानी शतकीय इनिङ्स खेले । उनले ६२ बल खेलेर ७ चौका र १० छक्का प्रहार गरे। यस्तै चाडविक वाल्टनले ७३ रन बनाए । प्याट्रियट्सका फाबियन एलेन र अल्जारी जोसेफले २–२ विकेट लिए ।

जमैकालाई हराएसँगै प्याट्रियट्सले लिगमा पहिलो जित समेत दर्ता गरेको छ । प्याट्रियट्सले ३ खेलमा २ अंक जोडेको छ । जमैकाको यो दोस्रो हार हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *