आजको सुनको भाउ, तोलाको कति?

काठमाडौँ । आज (बुधबार) सुनको मूल्य स्थिर रहेको छ। हिजो मंगलबार प्रतितोला ७ सय रुपैयाँ घटेको सुनको भाउ आज भने स्थिर रहेको छ।
आज छापावाल सुन प्रतितोला ७१ हजार तथा तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुनको भाउ स्थिर रहे पनि चाँदीको भाउ भनि बटेको छ । आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार चाँदी ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ ।
प्रतिक्रिया
Facebook Comment