वसन्तपुरमा सामूहिक कुमारी पूजा सम्पन्न (फोटोफिचर)

काठमाडौं। राजधानीको वसन्तपुरस्थित हनुमान ढोका परिसरमा सामूहिक कुमारी पूजा गरिएको छ। प्रत्येक वर्ष इन्द्रजात्रा सुरु भएको दोस्रो दिन कुमारी पूजा गरिँदै आएको छ।
यसपटक भने पूजामा कम कुमारीहरुको सहभागि थियो। ५०४ जना कुमारीको पूजा गर्ने लक्ष्य लिइएपनि ५४ जना कुमारीको मात्रै पूजा गरिएको जनाइएको छ। पूजा बुधबार विहान करिब ९ बजेबाट सुरु भएको थियो।
वि.स २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेको सम्पदाहरु चार पाँच वर्ष बितिसक्दा पनि पुनः निर्माण हुन सकेको छैन। सम्पदाहरु अझै पनि टेकोको भरमा अडिएको छ।
सोही कारण अकस्माद आइपर्न सक्ने समस्यालाई मध्यनजर गर्दै यो पटक भने कमै कुमारीको पूजा गरिएको जनाइएको छ।
विशेष गरेर राष्ट्र कल्याणको कामना गर्दै यो पूजा गरिने गरिन्छ। कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ। पूजासँगै त्यहाँ सहभागि कुमारीहरुलाई हनुमानढोकामा रहेको तलेजु भवानीको मन्दिर परिक्रमा गराई मूल स्थानमा पूजा गर्ने गरिन्छ।
Facebook Comment