एनआरएनएको कोषमा कुमार पन्तले गरे १ करोड सहयोग 

डिसी नेपाल
२५ भदौ २०७६ १६:५८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोषमा संघका उपाध्यक्ष कुमार पन्तले आर्थिक सहयोग गरेका छन् । आगामी कार्यकालमा अध्यक्ष पदका दावेदारसमेत रहेका पन्तले संघको कोषमा १ करोड नेपाली रुपैयाँ सहयोग गरेका हुन्।

संघको सचिवालय सञ्चालनदेखि नियमित कामकाज गर्न समस्या भएपछि संस्थाले अग्रजहरूसँग आर्थिक सहयोगको लागि आह्वान गरेको थियो । संस्था सञ्चालनमा सहजताको लागि पन्तले १ करोड सहयोग गरेको सचिवालय प्रमुख हेमन्त दवाडीले डिसी नेपाललाई जानकारी दिए। संघका अन्य अग्रजहरूबाट पनि सहयोग आउने क्रम जारी रहेको दवाडीले बताए।

अहिले एनआएनएको खातमा भएको सबै रकम सकिएर कोष ऋणात्मक भइसकेको बुझिएको छ। यही कारण कोषमा पैसा जम्मा गर्ने उद्देश्यसहित  आगामी सम्मेलनमा उठ्ने उम्मेवदारको मनोनयन दर्ता शुल्कसमेत दोब्बरले वृद्धि गरिएको अनुमान गरिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *