नेपाली महिला टोलीलाई इतिहास रच्ने मौका, उपाधिका लागि उज्वेकिस्तान भिड्ने

डिसी नेपाल
२६ भदौ २०७६ ६:१०

काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुदैछ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ।नेपाल पहिलो पटक प्रतियोगितामा सहभागी भएर फाईनल सम्मको यात्रा तय गरेको हो ।

तर फाईनलमा नेपालले फिफा वरियतामा आफुभन्दा निकै माथि रहेको उज्वेकिस्तानसंग प्रतिस्पर्धा गर्नेछ । फिफा बरियतमा नेपाल १ सय १ औ र उज्वेकिस्तान ४४ औ स्थानमा रहेको छ । पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जित्ने अभियानमा रहेको नेपाललाई समुह चरणमा उज्वेकिस्तानसंग ब्यहोरेको हारको बदला लिने अवसर समेत प्राप्त छ ।

समुह चरणको खेलमा उज्वेकिस्तानले नेपाललाई २–० ले हराएको थियो । गोलरक्षक र डिफेन्डरले बारम्बार गल्ती गर्दा नेपाल पराजित हुन पुगेको थियो । नेपाल फाइनल खेलमा सुधार गर्दै अन्तराष्ट्रिय भुमीमा ईतिहास रच्ने दाउमा हुनेछ । फिफा बरियता नै नपाएको किर्गीस्तानले पहिलो पटक चार टिमलाई सहभागीता गराउँदै नादेझ्दा कप आयोजना गरेको हो ।

राउण्ड रोविनका आधारमा खेलाईएको प्रतियोगितामा शीर्ष दुई उपाधिका लागि भिड्न लागेका हुन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजकलाई ८–२ गोल अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० गोल अन्तरले हारेको थियो । अन्तिम खेलमा ताजकिस्तानलाई १–० ले हराउँदै फाईनल यात्रा तय गरेको थियो ।

प्रतियोगितामा नेपालकी सावित्रा भण्डारीले ५ गोल गरेकी छिन् । पहिलो खेलमा ह्याट्रिक सहित चार गोल गरेकी उनले अन्तिम खेलमा समेत एक गोल गर्न सफल भएकी थिइन् । नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी लागि नेपाल किर्गीस्तान पुगेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *