सीपीएलः सन्दिपले लिए तीन विकेट, वर्षाले खेल रोकियो

डिसी नेपाल
२६ भदौ २०७६ ६:३४

एजेन्सी । क्यारेबियन प्रिमियर लिग अन्तर्गतको अहिले भइरहेको आठौं खेलमा नेपाली स्पीनर सन्दिप लामिछाने आबद्ध टिम बार्बाडोस ट्राईडेन्ट्स र सेन्ट किट्स एण्ड नोभिस प्याट्रियोट्स बिच खेल भइरहेको छ।

बार्बाडोसले दिएको १८६ रनको लक्ष्य पछ्याइरहेको प्याट्रियोट्सले १५ ओभरमा ७ विकेट गुमाइसकेको छ। बार्बाडोसको प्लेइंग ११ मा परेका सन्दिपले एकै ओभरमा २ विकेट लिएका छन्। उनले आफ्नो तेस्रो ओभर बलिङ गर्दै प्याट्रियोट्सका सम्राह ब्रुक्स र लोरी इभान्सलाई आउट गराएका हुन्।

यस्तै चाैथाे ओभर बलिङ गर्न आएका उनले एक विकेट लिएका छन्। सन्दिपले कार्लोस बे्रथवेटलाई आफ्नो तेस्रो ओभरमा एलबिडब्लु गराएका हुन् । बार्बाडोस र प्याट्रियोट्स बिचको खेल वर्षाले रोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *