रानू मण्डल सँगै थिइन्, हिमेशको आँशु नरोकिइएपछि पत्नीले पुछिन्
मुम्बई। भारतीय चर्चित गायक हिमेश रेशमियाका नयाँ फिल्म ‘ह्याप्पी हार्डी एण्ड हीर’ गीत ‘तेरी मेरी कहानी’ रिलीज हुनुभन्दा पहिला नै हिट भइसकेको छ। यो गीतलाई हिमेश रेशमियासँगै इन्टरनेटमा चर्चित भएकी रानू मण्डलले गायका छन्। तेरी मेरी कहानी गीतको टीजर रिलीज हुने वित्तिकै भाइरल भनेको थियो। बुधबार हिमेश रानूको यो गीत रिलीज भएको छ।
गीत रिलीज कार्यक्रममा हिमेश रेशमियासँगै उनकी पत्नी सोनिया कपुर र रानू मण्डल पनि उपस्थित थिए। यो क्रममा मिडियासँग कुरा गर्दै हिमेश रेशमिया भावुक बने।
जतिबेला हिमेश रेशमिया भावुक बने त्यतिबेला उनकी पत्नी सोनिया हिमेशका आँशु पुछिरहेकी थिइन्। हिमेश रुँदै गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ।
गीत रिलीज कार्यक्रममा रानू मण्डल सुन्तला रङको साडी लगाएर पुगेकी थिइन्। उनी निकै खुशी देखिएकी थिइन्। हिमेशका कारण रानूलाई बलिउड फिल्म उद्योगमा गीत गाउने अवसर मिलेको छ। यो रानू मण्डलका लागि भाग्यको कुरा हो। कार्यक्रममा हिमेश रेशमिया र उनकी पत्नी सोनियासँग रानू मण्डल पनि बसेका थिइन्। रानू मण्डलले मिडियासँग खुलेर कुराकानी पनि गरिन्।
रानू मण्डल यतिबेला चर्चामा आइन् जति बेला सामाजिक सञ्चालमा उनले रेलवे स्टेशनमा गाएको गीतको भिडियो भाइरल भएको थियो। उनले तलाले गाएको गीत गाउँदा उनको भिडियो भाइरल भएको थियो।
Facebook Comment