टिमको पहिलो जितमै ‘म्यान अफ द म्याच’ बनेका सन्दिपले के भने?

डिसी नेपाल
२६ भदौ २०७६ ८:१५

एजेन्सी । क्यारेबियन प्रिमियर लिगमा नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध टिम बार्बाडोस ट्रिडेन्ट्सले पहिलो जित निकालेको छ। बिहिबार बिहान भएको खेलमा सेन्ट किट्स एण्ड नोभिस प्याट्रियोट्सलाई १८ रनले पराजित गर्दै बार्बाडोसले पहिलो जित निकालेको हो।

बार्बाडोसले दिएको १८६ रनको लक्ष्य पछ्याएको प्याट्रियोट्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६८ रन मात्र बनायो। बार्बाडोसको जितमा सन्दिपले ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै २२ रन खर्चिए। खेलमा महत्वपूर्ण ३ विकेट लिएर जित दिलाएका सन्दिप म्यान अफ द म्याच समेत बने।

खेल सकिएपछि बोल्दै उनले पहिलो खेलमा खुट्टामा चोट लागेको तर अहिले आफूँ पुर्ण रुपमा निको भएको बताए। उनले भने, ‘एक दिन अगाडी २४१ रनको लक्ष्य पुरा गरेको टिम अरु दिनमा पनि केहि राम्रो खेल्नेछ भन्ने मानसिकता थियो। पहिलो खेलमा मेरो खुट्टामा समस्या आएको थियो। तर अहिले म ठिक छु। टिमले म माथि विश्वास गरेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *