सिटी एक्सप्रेस मनी ट्रान्सफर र अमेरिकाको रेमिट्लीबीच रेमिटान्स सम्झौता

काठमाडौं। अमेरिकाको ख्याति प्राप्त रेमिटान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सम्झौता भएको छ।
अमेरिका, युरोप, क्यानडामा रहेका नेपालीले अब रेमिट्लीको मोबाइल एप्लिकेशन डाउन लोड गरी सजिलै आफ्नो आफ्न्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्घ ७००० भन्दा बढी एजेन्टबाट सजिलै भुक्तानी लिन सकिने छ।
उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पनहाईम्रले हस्ताक्षर गरेका थिए।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्षदेखि विश्व भरी आफ्नो रेमिट एजेन्टबाट ७००० भन्दा बढी नेपालको एजेन्टमार्फत भुक्तानी गर्दै आएको छ।
Facebook Comment