हङकङका कप्तान अंशुमानले किन छाडे राष्ट्रिय टिम?

डिसी नेपाल
२६ भदौ २०७६ १०:५८

एजेन्सी । हङकङ क्रिकेट टिमका कप्तान अंशुमान रथले हङकङबाट क्रिकेट नखेल्ने भएका छन् । भारतीय मुलका क्रिकेटर अंशुमानले भारतबाट क्रिकेट खेल्न हङकङको कप्तानी र टिम छाडेका छन् ।

टी(ट्वान्टी विश्वकप छनोटको लागि हङकङले घोषणा गरेको टिममा अंशुमान परेका छैनन् । इमर्जिङ क्रिकेटका अनुसार अंशुमानले भारतको राष्ट्रिय टिममा पर्ने लक्ष्य बनाएर हङकङ क्रिकेट छाडेका हुन् ।

‘यो सब थोकका लागि म क्रिकेट हङकङ धन्यवाद दिन चाहन्छु । १२ वर्षको उमेरबाट मैले टिममा निकै रमाइलो यात्रा गरे । र, यो समय सरुवा हुने समय रहेको मलाई विश्वास भएको छ । म खेलाडी र सहयोगी स्टाफलाई शुभकामना दिन चाहन्छु’ अंशुमानले इमार्जिङ क्रिकेटसँग भनेका छन् ।

अंशुमानले आउने वर्षको पहिलो श्रेणीको प्रतियोगिता रणजी ट्रफी खेल्न सक्ने बताईएको छ । यस्तै अंशुमानले स्थानीय खेलाडीको रुपमा सन् २०२० को आईपीएलको ड्राफ्टमा पर्ने योजना समेत बताएका छन् ।

२१ वर्षे ब्याट्सम्यान अंशुमानले २१ एकदिवसीय अन्तर्राष्ट्रिय, २० टी–ट्वान्टी अन्तर्राष्ट्रिय, पाँच फस्ट क्लास क्रिकेट र २३ लिस्ट ए क्रिकेट खेलेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *