बार्सिलोनाको चिन्ता बढ्यो, मेस्सी अझै खेल्न नसक्ने

डिसी नेपाल
२६ भदौ २०७६ १०:५९

काठमाडौँ । लियोनेल मेस्सीको चोट अझै ठिक नभएपछि आगामी शनिबार हुने ला लिगा अन्तर्गतको भलेन्सियाविरुद्धको खेलमा समेत नखेल्ने भएका छन् । मेसी काल्फ़ इन्जुरीका कारण बार्सिलोनाको प्री-सिजन अमेरिका टुरमा नापोलीविरुद्ध खेलेपछि मैदानमा आएका छैनन् ।

मेसीले ला लिगाको यस सिजनमा इन्जुरीका कारणनै अझै खेल्न नसक्दा बार्सिलोनाको ला लिगाको सुरुवात नै संघर्षपूर्ण बनेको छ । मिडिया रिपोर्टका अनुसार मेसी अहिलेपनि आफ्नो इन्जुरीबाट बाहिर आउन मिहिनेत गरिरहेको तर अझै उनको इन्जुरी ठिक नभएको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार यस सिजनको च्याम्पियन्स लिगको सेप्टेम्बर १७ मा हुने डोर्टमण्डविरुद्धको पहिलो खेलमा समेत मेसी खेल्ने विषयमा आशंका व्यक्त गरिएको छ । मेसीसँगै बार्सिलोनाका अर्का स्ट्राइकर लुइस स्वरेज तथा उसमान डेम्बेलेसमेत इन्जुरीका कारण अहिले खेल्न नसक्ने भएका छन् ।

स्वरेजले भने च्याम्पियन्स लिग अन्तर्गतको डोर्टमण्डविरुद्धको खेलमा भने खेल्न सक्ने बताइएको छ । बार्सिलोनाले यस सिजनको ला लिगामा खेलेका तीन खेलमा एक खेलमा जित हासिल गरेको छ भने एक हार र एक खेल बराबरी खेलेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *