पक्राउ परेका विप्लवका छाेरा प्रकाश रिहा

डिसी नेपाल
२६ भदौ २०७६ ११:०८

चितवन। चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै पक्राउ परेका सबै विद्यार्थी बुधबार राति छुटेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार उनीहरु सबैलाई तारेखमा छोडिएको हो।

शुल्कको विषयलाई लिएर एक सातादेखि आन्दोलनरत विद्यार्थीले बुधबार बहिरङ्ग सेवा बन्द गराउन खोजेपछि त्यहाँ अध्ययनरत नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थीलाई पक्राउ गरिएको थियो। पक्राउ परेका उनीहरुमध्ये नौलाई राति ९ बजे र अन्यलाई राति ११ बजे छाडिएको उहाँले जानकारी दिए।

स्वास्थ्य संस्थामा सेवाग्राहीलाई प्रभाव पार्नेखालका काम नगर्ने, आन्दोलनका क्रममा कसैलाई तल्लोस्तरको गालीगलौज नगर्ने प्रतिबद्धतापछि उनीहरुलाई तारेखमा छाडिएको प्रवक्ता कोइरालाले जनाकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *