भ्यालेन्सियाका प्रशिक्षक मार्सेलिनो बर्खास्त

डिसी नेपाल
२६ भदौ २०७६ ११:५४

काठमाडौं । स्पेनिस क्लब भ्यालेन्सियाले मुख्य प्रशिक्षक मार्सेलिनोलाई बर्खास्त गरेको छ । दुई वर्षअघि अनुबन्ध गरेका प्रशिक्षक मार्सेलिनोलाई बर्खास्त गरेको हो । मार्सेलिनोलाई बर्खास्त गरेसँगै भ्यालेन्सियाले प्रशिक्षकमा रियाल म्याड्रिडका प्रशिक्षक अल्वर्ट सेलाडेसलाई क्लबमा अनुबन्ध गरेको छ ।

५४ वर्षिय मार्सेलिनोले गत सिजन भ्यालेन्सियालाई ११ वर्षपछि पहिलो उपाधि कोपा डेल रे जिताएका थिए । उनले सेभिया र भिल्लारियलको प्रशिक्षकको रुपमा काम गरिसकेका थिए । क्लबका मालिक पिटरसँग विवाद भएपछि उनीलाई बर्खास्त गरिएको हुनसक्ने अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *