कुर्ता, लेहेङ्गा र सारी मेरो मनपर्ने पहिरन : अभिनेत्री वर्षा राउत

डिसी नेपाल
२६ भदौ २०७६ १६:१८

काठमाडौं। नेपाली चलचत्रकी लोकप्रिय अभिनेत्री वर्षा राउतले आकर्षक र नविनतम पहिरन सधै आफ्नो रोजाइमा पर्ने गरेको बताएकी छन् ।

बिहीबार राजधानीको नक्सालमा ‘सजिनाज् क्रियशन’ बुटिक उद्घाटन गर्दै उनले फेसनमा आफू सधै सजक रहेको समेत बताइन् ।

रिवन काटेर ‘सजिनाज् क्रियसन’ बुटिकको उद्घाटन गरेकी अभिनेत्री राउतले यो बुटिकको बिषेशता आफूलाई मन परेर जोडिएको बताइन् ।

कुर्ता, लेहेङ्गा, सारी आफ्नो विषेश मनपर्ने पहिरन भएको बताएकी बर्षाले ‘सजिनाज् क्रियशन’ले पनि यस्ता पहिरनलाई विशेष महत्व दिएकोले खुसी ब्यक्त गरिन् । उनले भनिन् ‘सेलिब्रेटीको रोजाइमा पर्ने र उनीहरुले लगाउने सबै पहिरन यो बुटिकमा रहेछ। मेरो मात्र होइन धेरै सेलिब्रेटीका लागि पनि यो उपयुक्त बन्ने विश्वास लिएकी छु।’

बुटिक सजिना बिष्टले संचालनमा ल्याएकी हुन्। धेरै फेसन शो र विभिन्न सौन्दर्य प्रतियोगितामा समेत ड्रेस डिजाइनरको भूमिका निर्वाह गरिसकेकी बिष्टले दैनिक प्रयोगमा आउने क्याजुअल, ब्राइडल, इन्डोवेस्टन, गाउँन लगायतका पहिरनलाई बुटिकले प्राथमिकता दिएको बताइन् ।

‘नेपाली फिल्म, म्युजिक भिडियो, फेसन शो लगायत जुनै प्रकारको प्रायोजनका लागि नयाँ र आकर्षक पहिरन डिजाइन गर्न हामीलाई आपत्ति छैन’ सजिनाले भनिन् –‘यो मेरो अध्यायन र सौखको बिषय पनि हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *