‘सातौं राष्ट्रिय विज्ञान दिवस’ भव्यताका साथ मनाउने सरकारको तयारी

डिसी नेपाल
२६ भदौ २०७६ १७:२१

काठमाडौं । सरकारले ‘सातौं राष्ट्रिय विज्ञान दिवस’ भव्यताका साथ मनाउने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही असोज १ गते काठमाडौंमा सो दिवस भव्यताका साथ मनाउने तयारी गरिएको जानकारी गराएको हो ।

विज्ञान र प्रविधिको क्षेत्रको विकास हुनेगरी आवश्यक छलफल हुने गरी यस वर्षको विज्ञान दिवस भव्यताका साथ मनाउने तयारी गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज बिसीले जानकारी दिए। त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा मूल समारोह समिति समेत गठन गरिएको छ ।

सो दिवसलाई भव्यताका साथ सफल बनाउन बिहीबारबाटै देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम पनि सूरु गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सो दिवसलाई भव्यताका साथ मनाउन सबै प्रदेश र स्थानीय तहलाई पत्रचार भईसकेको पनि जनाएको छ। सरकारले यस वर्ष विज्ञान र प्रविधिको विकास गरेर मुलुकको आर्थिक– सामाजिक रुपान्तरणको कामलाई तीव्रता दिने मूल उद्देश्यका साथ विज्ञान दिवसलाई मनाउने तयारी गरेको छ ।

सचिव विसीले सो दिवसलाई भव्यताका साथ मनाएर नेपालको विज्ञान र प्रविधिको विकासमा आवश्यक सहयोग पुर्याउन पनि सबैलाई आह्वान गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *