दक्षिण अफ्रिकासँगको टेष्टका लागि भारतीय टिमको घोषणा, रोहितले ओपनिङ गर्ने, गिल पहिलो पटक टिममा

डिसी नेपाल
२७ भदौ २०७६ ६:२३

एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग हुने तीन टेष्टको लागि टिम छनोट गरेको छ। बिहिबार घोषणा गरिएको १५ सदस्य टोलीमा युवा खेलाडी शुभमन गिल पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । गिलले भारतीय वान डेमा भने डेब्यू गरिसकेका छन् ।

१५ सदस्य घोषणा टोलीमा पछिल्लो समय टेष्टमा निकै खराब लयमा रहेका केएल राहुल बाहिरिएका छन् । त्यस्तै भारतले सिमित ओभरमा वर्तमान क्रिकेटमा नम्बर वान ओपनरको छवि बनाएका रोहित शर्मालाई पनि मौका दिएको छ । हार्दिक पान्ड्या भने टोली बाहिर छन् ।

सन् २०१८ मा भारतलाई यू१९ विश्वकप जिताउन गिलको प्रर्दशन महत्वपूर्ण थियो । त्यस्तै गिलले घरेलु क्रिकेट पनि निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । कोलकता नाइट राइडर्सबाट आईपीएल खेलेका गिल नेपाली लेग स्पिनर सन्दीप लामिछाने सहित थुप्रैलाई पछि पार्दै गत संस्करणमा इमर्जिङ प्लेयर घोषित भएका थिए ।

भारत र दक्षिण अफ्रिकाबीच समान ३ टेष्ट र टि२० सिरिज हुने छ । पहिलो टि२० खेल १५ सेप्टेम्बरमा हुने छ । त्यस्तै १८ मा दोस्रो र तेस्रो तथा अन्तिम २२ सेप्टेम्बरमा हुने छ । टेष्ट भने २ अक्टोबर देखी सुरु हुने छ ।टि–२० सिरिजका लागि भने बीसीसीआईले टिम पहिले नै घोषणा गरेको छ।

भारतीय टेष्ट टोलीः

विराट कोहली (कप्तान), मयंक अग्रवाल, रोहित शर्मा,चेतेश्वर पुजारा, अजिंख्य रहाणे (उपकप्तान), हनुमा विहारी, शुभमन गिल, ऋषभ पन्त (विकेटकीपर), रिद्धीमान शाह (विकेटकीपर), रविचन्द्र आश्विन, रविन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद शामी, जसप्रित बुमराह र इशान्त शर्मा ।

टि२० टोलीः

विराट कोहली (कप्तान), रोहित शर्मा, केएल राहुल, शिखर धवन, श्रेयस ऐर, मनिष पान्डे, ऋषभ पन्त (विकेटकीपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, क्रुनाल पान्ड्या, वाशिंगटन सुन्दर, राहुल चाहर, खलील अहमद, दिपक चाहर र नवदीप सैनी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *