१४० किलोका ‘माउन्टेन म्यान’को तुफानको अगाडि गेल–रसेलसमेत निरीह

डिसी नेपाल
२७ भदौ २०७६ ११:०९

काठमाडौं। वेष्ट इण्डिजका अलराउण्डर रहकीम कर्नवालको अगाडि विष्फोटक ब्याट्सम्यानहरु क्रिस गेल र आन्द्रे रसेलसमेत निरीह देखिएका छन् । कर्नवालको ३० बलमा तुफानी ७५ रनको इनिङको सहयोगमा क्यारेबियन प्रिमियर लिगमा सेन्ट लुसिया जक्सले गेल–रसेलको जमाइका तलावाजलाई ५ विकेटले पराजित गरेको छ ।

जमाइकाले दिएको १७१ रनको पिछा गर्न मैदानमा उत्रिएको सेन्ट लुसियामा कर्नवालले २५० को स्ट्राइकर रेटमा ब्याटिङ गर्दै ३० बलमा ४ चौका र ८ छक्का हाने। उनले पहिलो विकेटका लागि आन्द्रे फ्लेचरसँग १११ रनको साझेदारी गरे । फ्लेचरले ३६ बलमा ४७ रनको नटआउट इनिङ खेले जसको बलमा सेन्ट लुसियाले १६.४ ओभरमै खेल जित्यो ।

पहिले ब्याटिङ गरेको जमाइकाको लागि ग्लेन फिलिप्सले अर्धशतक बनाए । फिलिप्सले ३४ बलमा ८ चौका र एक छक्काको सहयोगमा ५८ रन बनाए । कप्तान खेल भने खाता नै नखोली आउट भए । आक्रामक अलराउण्डर आन्द्रे रसेल रिटायर्ड हर्ट भए । उनको टाउकोमा बलले लागेपछि उनी बाहिरिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *