विप्लव समूहका बर्दिया जिल्ला इञ्चार्ज र अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष पक्राउ

डिसी नेपाल
२७ भदौ २०७६ १२:०१

राजापुर। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लोकेन्द्र जोशी बर्दियाबाट पक्राउ परेका छन्।

प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा सङ्गठन बिस्तार अभियान चलाएर फर्कंदै गर्दा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए।

जिल्लामा भएका विभिन्न घटनामा जोशी र चलाउनेको हात रहेको आशङ्कामा पक्राउ गरिएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *