लता मंगेशकरले भनेकी थिइन् –‘मेरो नक्कल नगर्नू’, रानु मण्डलले दिइन् यस्तो जवाफ

डिसी नेपाल
२७ भदौ २०७६ १२:०७

एजेन्सी। रानु मण्डलको पहिलो गीत तेरी मेरी कहानी बुधबार रिलिज भएको छ । यस अवसरमा हिमेश रेशमियाँले एक पत्रकार सम्मेलन आयोजना गरे । कार्यक्रममा हिमेश रानु मण्डललाई लिएर पुगेका थिए । रानु रातो रंगको सारीमा निकै बदलिएकी देखिएकी थिइन् । सयौं संचारकर्मीले सोधेको प्रश्नको जवाफ रानुले निकै आत्मविश्वासका साथ दिइन् ।

केही दिनअघि लताले रानु मण्डललाई आफ्नो वास्तविक आवाजमा गाउन सुझाव दिँदै कसैको नक्कल गरेर धेरै दिन टिक्न सकिँदैन भनेकी थिइन् । पत्रकार सम्मेलनमा हिमेश रेशमियाँले लताको जवाफ दिए । हिमेशले भने ‘जो कोही पनि कहिँ न कहिँ कोहीबाट प्रेरित हुन्छ । त्यस्तै रानु मण्डल लता मंगेशकरबाट प्रेरित छिन् । जस्तो कि कुमार सानु स्वयंलाई किशोर कुमारबाट प्रेरित बताउँछन् । ठीक त्यस्तै गरी । लता जी जस्तो कोही बन्न सक्दैन । उहाँ महान गायिका हुनुहुन्छ र उहाँको जुन यात्रा छ त्यसबाट जो कोही प्रेरित हुन सक्छ जस्तो कि रानु भइन् । तर, यो कुरा पनि सत्य हो कि रानु जन्मजात गायिका हुन् र उनीभित्र क्षमता छ ।’

हिमेशले अगाडि भने ‘यदि कोही अरिजित सिंहको गीत गाउँछ र उनले जस्तै गाउँछ भने उनको कपी गरेको होइन बरु उनीबाट प्रेरित हो । मलाई लाग्छ लताजीको भनाइको मतलब पनि यही होला ।’ रानुले पनि यसबारेमा कुरा गर्दै भनिन् कि उनी बाल्यकालदेखि नै लताका गीत गाउँदै आएकी छिन् । लताका गीत उनलाई सबैभन्दा धेरै मन पर्छन् । सबै उनलाई भन्थे कि उनको आवाज लतासँग मिल्छ र उनी आफूलाई भाग्यशाली सम्झिन्छिन् । यस क्रममा हिमेश रानुको बारेमा कुरा गर्दागर्दै भावुक भए र रुन थाले । रोइरहेका हिमेशलाई उनकी पत्नीले सम्हालिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *