हलमा सन्नी लियोनीको नेपाली चलचित्र ‘पासवर्ड’, जय किशनको ‘हिरो नं. वान’ पनि प्रदर्शनमा

डिसी नेपाल
२७ भदौ २०७६ १२:२३

काठमाडौं। फ्राइडे रिलज अन्तर्गत आज शुक्रबारबाट दुई नेपाल चलचित्र प्रदर्शनमा आएका छन्। ‘पासवर्ड’ र ‘हिरो नं. वान’आजबाट प्रदर्शनमा आएका चलचित्र हुन्।

पासवर्ड :
बलिउड अभिनेत्री सन्नी लियोनीको अभिनय रहेका कारण सुरुवातबाटै चर्चामा रहेको चलचित्र हो, ‘पासवर्ड’।

सम्राट बस्नेतको निर्देशनमा बनेको चलचित्रको एक आइटम गीतमा सन्नीले नृत्य गरेकी छन्।  बिहीबार साँझ राजधानीको कुमार हलमा चलचित्रको भव्य रेड कार्पेट प्रिमियर प्रिमियर शो आयोजना गरिएको थियो। जहाँ सन्नी उपस्थित थिइन्। उनले आफू नेपाली चलचित्रमा जोडिन पाउँदा खुःसी लागेको बताउँदै नेपाल आफूलाई संसारकै सबैभन्दा मनपर्ने देश भएको बताएकी थिइन्।

नेपालबाट चोरी गरि लण्डन पुर्याइएको मूर्ति फर्काउन गरिएको संघर्षको कथामा आधारित चलचित्रमा सन्नीको आइटमसहित अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय रहेको छ।

नेपाल र लण्डनमा छायांकन गरिएको चलचित्रमा अमित बस्नेत र हिराल जोशीको लगानी रहेको छ। चलचित्र नेपालसहित अन्य १२ देशका २४ सहरमा प्रदर्शनमा ल्याउने निमार्ण यूनिटको तयारी छ।

नेपालमा शुक्रबाटबाट प्रदर्शनमा आएपन अन्य देशमा दुई सातापछि अर्थात सेप्टेम्बर २७ मा प्रदर्शनमा ल्याउने निर्माण यूनिटले जनाएको छ।

‘हिरो नं. वान’
यो चलचित्रमा अभिनेता जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन तथा अभिनय रहेको छ।

चलचित्र सिंगल थिएटरका दर्शक लक्षित गरि प्रदर्शनमा आएको हो। जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रमा जय किशनका साथमा जाहन्वी बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, लय संग्रौला, टार्जन लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ।

चलचित्रमा ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द, बिनोद सापकोटाको छायाँकन तथा सुदिप पाण्डेयको सम्पादन रहेको छ। चलचित्र कमेडी र एक्सनमा आधारित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *