उपविजेता बनेको नेपाली महिला फुटबल टोली आज स्वदेश फर्कने

डिसी नेपाल
२७ भदौ २०७६ १२:२८

काठमाडौं । किर्गीस्तानमा सम्पन्न नादेझ्दा कप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिम आज साँझ नेपाल आईपुग्ने जनाएको छ । बिहिबार भएको फाइनलमा बलियो टिम उज्वेकिस्तानसँग ३–२ गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेतामा समेटिएको थियो ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा सावित्रा भण्डारीले २ गोल फर्काए पनि नेपालले इतिहासकै पहिलो उपाधि चुम्नबाट चुकेको थियो । यस अघि नेपालले साफ च्याम्पियनसिप ४ पटक, साग २ पटक र हिरो महिला गोल्डकपमा एक पटक फाइनल पुगेर पनि उपाधि जित्नबाट बन्चित भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *