‘भर्जिल उत्कृष्ट खेलाडी होइनन्, रोनाल्डो र मेस्सीसँग तुलना गर्न मिल्दैन’

डिसी नेपाल
२७ भदौ २०७६ १४:४४

एजेन्सी । नेदरल्यान्डका खेलाडी राफेल भान डार भार्टले लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकसँग विशेष प्रतिभा भए पनि रोनाल्डो र मेस्सीसँग तुलना गर्न नमिल्ने बताएका छन् । डिफेन्डर डाइक क्षमतावान खेलाडी हुन् । उनले २०१८–२०१९ सिजनको यूईएफए प्लेयर अफ द इयरको अवार्ड जितेका थिए ।

यस्तै फिफा उत्कृष्ट तीन खेलाडीको रुपमा पनि मनोनित भएका थिए । उनी बालोन डी’ओरको लागि पनि मनोनित हुनसक्ने अपेक्षा गरिएको छ । भर्जिलले लुका मोड्रिच, मेस्सी र रोनाल्डोले झैं उत्कृष्ट प्रदर्शन गरिरहेको बताइरहेका बेला भान डार भार्ट भने मेस्सी र रोनाल्डोको तुलनामा पुग्न त्यति सजिलो नभएको दाबी गर्छन् ।

उनले इटालीको न्युज पोर्टल टुट्टोमर्काटो वेबसितको कुराकानीमा भने, “भान डाइकमा विशेष प्रतिभा त छ तर उनी विश्वका उत्कृष्ट खेलाडी भने होइनन् । मेस्सी र रोनाल्डो विश्वका उत्कृष्ट खेलाडी हुन् । मेस्सी र रोनाल्डोसित भर्जिललाई तुलना गर्न मिल्दैन ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *