बाँके आक्रमणको विरोधमा कांग्रेस आन्दोलित, विरोधका कार्यक्रम सार्वजनिक

डिसी नेपाल
२७ भदौ २०७६ १४:४५

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जागरण अभियानाका क्रममा बाँकेको खजुरा गाउँपालिकामा बाँके जिल्ला समापति किरण कोइरालामाथि भएको आक्रमणको विरोधमा कांग्रेसले प्रदर्शन गर्ने भएको छ।

शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानमा भएका आक्रमणको विरोधमा प्रदर्शन गर्ने जानकारी दिएका हुन्।

आक्रमणको विरोधमा कांग्रेसले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, माइतीघर मण्डलामा प्रदर्शनगर्नेलगायतका कार्यक्रम सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनपछि जारी गरिएको विज्ञप्तिमा बाँके घटना लगायत शान्ति सुरक्षाको खस्किएको स्थिति र सरकार संरक्षित गुण्डागर्दीका विरुद्ध सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाउन उल्लेख छ।

कांग्रेस प्रवक्ता शर्माका अनुसार ललितपुर र भक्तपुरका कांग्रेस सभापतिको अगुवाइमा गृहमन्त्रीमार्फत शनिबार सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ भने बाँकेमा शुक्रबार विरोध प्रदर्शन गरिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा शनिबार बाँके जाँदैछन्।

जागरण अभियानको दोस्रो चरणका क्रममा बिहीबार बाँकेको खजुरा नागपालिका २ सीतापुरमा भएको कार्यक्रम सत्तारुढ नेकपाका कार्यकर्ताले विथालेको थियो। त्यसक्रममा बाँके सभापति किरण कोइरालाको हात भाँच्चिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *