हुम्डे विमानस्थल संचालनमा

डिसी नेपाल
२७ भदौ २०७६ १९:२५

काठमाडौं । मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आएको छ ।

गण्डकी प्रदेश सरकारको पहलमा शुक्रबार सो विमानस्थलमा समिट एयरको विमान अवतरण गरेको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, मनाङका प्रतिनिधिसभाका सांसद देशसभा सांसद पाल्देन गुरुङलगायत समिट एयरको विमानबाट हुम्डे पुगेका थिए।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले आफ्नो प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन भएकाले त्यसका विकासका लागि सो विमानस्थलको सेवा पुनः संचालन ल्याइएको स्पष्ट पारे। उनले सो विमानस्थलको सेवालाई नियमित गराउन सबै स्थानीय तहलाई पनि सचेत गराए।

२०३९ सालमा बनेको यो विमानस्थलमा २०७० सालदेखि बन्द थियो। सो विमान पुनः सञ्चालनमा आएपछि प्रदेश मुख्यमन्त्री गुरुङले यसलाई नियमित बनाउन सवैको सहयोग जरुरी रहेको पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *