वल्र्ड मार्शल आर्ट्समा नेपालका तीन खेलाडी

डिसी नेपाल
२७ भदौ २०७६ २२:२९

काठमाडौं । क्रोएसियामा आयोजना हुने वल्र्ड मार्शल आर्ट्स गेम्समा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार शुरु हुने प्रतियोगितामा नेपालबाट उमा कङ्फुका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा रमेश महर्जन र जीवन गुरुङले फर्म तथा कमल मगरले म्युजिकल फर्म, लाइट कन्ट्याक्ट र विप्पनमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा २३ राष्ट्रका ६ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल उमा कङ्फु संघका अध्यक्ष सिद्धार्थ लामाले जानकारी दिए ।

कमल मगरले यसअघि थाइल्यान्ड र बेलायतमा भएको प्रतियोगितामा स्वर्ण पदक जितिसकेका छन् । उनले फर्ममा स्वर्ण पदक जितेका थिए भने फाइटमा रजत पदक नेपाल भित्र्याएका थिए । जीवन र रमेशको भने पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।

प्रतियोगितामा सहभागी हुन क्रोएसिया गएका खेलाडीलाई संघका अध्यक्ष सिद्धार्थ लामा, उपाध्यक्ष सञ्जितकुमार राई, मुन्नी सुवेदी, महासचिव भूपेन्द्र गुरुङ र सदस्य गुना गुरुङले बिदाइ गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *