दुबई इन्टरनेशनल ब्याडमिन्टनमा नेपाललाई पदक पक्का

डिसी नेपाल
२७ भदौ २०७६ २३:०४

काठमाडौं । संयुक्त अरब इमिरेटस् (यूएई)मा जारी दुबई जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिजमा नेपालले पदक जित्ने पक्का भएको छ।

उक्त प्रतियोगितामा नेपालका प्रिन्स दाहाल यू–१९ पुरुष एकल तथा यू–१९ मिक्स डबल्सतर्फ प्रिन्स र सानिया चन्दको जोडीले नेपालका लागि पदक पक्का गरेका हुन्।

दुबईमा आज भएको यू–१९ मिक्स डबल्सतर्फ प्रिन्स र सानियाको जोडी सेमिफाइनल प्रवेश गरेको छ।

सेमिफाइनल प्रवेश गरेसँगै प्रिन्स र सानियाको जोडीले पदक पाउने पक्का भएको छ। प्रिन्स र सानियाको जोडीले क्वाटरफाइनलमा यूएईका बसन्तकुमार राजेन्द्रन र तानिका नितुको जोडीलाई २–१ सेटले पराजित गरेको हो। सो जोडीले ९–२१, २१–१९ र २१–१६ अङ्कका साथ खेल आफ्नो पक्षमा पारेका हुन्।

यस्तै आजै सम्पन्न यू–१९ पुरुष एकलतर्फ नेपालका प्रिन्स सेमिफाइनल प्रवेश गरेका छन्। उनले क्वाटरफाइनलमा भारतका रोहन गुर्वानीलाई २–० सोझो सेटमा हराए। उनले गुर्वानीलाई २१–१६ र २४–२२ अङ्कले पराजित गरेका हुन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *