सात घुम्तीको एक डान्सबारमा आगलागी हुँदा साढे २ लाख बराबरको धनमाल जलेर नष्ट

डिसी नेपाल
२७ भदौ २०७६ २३:५९

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ सात घुम्तीस्थित रञ्जन न्यौपानेको डान्सबारमा विद्युत् चुहिएर आज आगलागी भएको छ।

आगलागीबाट डान्सबारको झण्डै दुई लाख ३५ हजार बराबरको धनमाल जलेर नष्ट भएको नेपाल प्रहरीका सहप्रवक्ता उमेशराज जोशीले जानकारी दिए। विद्युत् चुहिएर आगलागी भएको प्रहरीले जनाएको छ ।

यसैबीच काठमाडौँबाट अपहरणमा परेका व्यक्तिलाई सकुशल उद्धार गरी अपहरणमा संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट पोखराकी एल्ली गुरुङलाई बिहीबार अपहरण गरी रु दुई लाख ५० हजार फिरौती रकम माग गर्ने चार जनालाई राति नै पक्राउ गर्न सफल भएको सहप्रवक्ता जोशीले बताए ।

पक्राउ पर्नेमा नुवाकोटका मिलन राई, काभ्रेका विनेश पहरी, सिन्धुपाल्चोकका दिनेश लामा र काठमाडौँका सुशील उप्रेती छन्। उनीहरूले गुरुङलाई अपहरण गरी हङ्गेरी फुडल्याण्ड एण्ड क्याफेमा पु¥याएर फिरौती मागेको थिए ।

उक्त सूचना आउने बित्तिकै महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको र घटनाको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *