त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेलमा बंगलादेश विजयी

डिसी नेपाल
२८ भदौ २०७६ ५:४५

एजेन्सी । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा बंगलादेशले जिम्बावेलाई पराजित गरेको छ ।

शुक्रबार राति भएको खेलमा बंगलादेशले जिम्बावेलाई ३ विकेटले पराजित गरेको हो । ढाकामा जिम्बावेले दिएको १४५ रनको लक्ष्य बंगलादेशले १७ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।

बंगलादेशको जितमा अफिफ होसेनले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोसाडेक होसेनले अविजित ३० रन बनाए । जिम्बावेका केली जार्भिस, टेण्डाइ छतरा र नेभिला मड्जिभाले २–२ विकेट लिए ।

यसअघि मैदान ओशिलो भएको कारण १८ ओभरमा झारिएको खेलमा जिम्बावेले पुरै ओभर खेल्दै ५ विकेट गुमाएर १४४ रन बनाएको थियो ।जिम्बावेका लागि रायन ब्रुलले अविजित ५७ रन जोड्दा कप्तान ह्यामिल्टन मासाकाज्डाले ३४ रन बनाए ।

जितसँगै बंगलादेशले २ अंक जोडेको छ । सिरिज अन्तर्गत अब जिम्बावेले शनिबार अफगानिस्तानसँग खेल्नेछ । यस्तै आइतबार बंगलादेशले अफगानिस्तानसँग खेल्नेछ । तीन राष्ट्रबीच ६ खेल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *