नेपालले बलियो जोर्डनको सामना गर्दै

डिसी नेपाल
२८ भदौ २०७६ ६:४१

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि जोर्डन पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्दैछ ।

नेपालले शनिबार बलियो टिम तथा घरेलु टोली जोर्डनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र जोर्डनबीचको खेल अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।

बलियो जोर्डनविरुद्ध नेपाललाई जित निकाल्न निकै कठिन हुनेछ । तर, नेपाल जोर्डनलाई कम्तिमा बराबरीमा रोक्ने योजनामा हुनेछ ।

हालै भारतमा सम्पन्न साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेको नेपालले दुई साताको अन्डरमा दोस्रो प्रतियोगिता खेल्न लागेको हो । तर, भारतमा नेपाली टोलीको कप्तानी गरेका प्रदिप लम्सालसहित असिम राई र इश्वर गुरुङ टिममा छैनन् । एमआरआईबाट तीनै खेलाडीको उमेर बढी भएको रिपोर्ट आएपछि उनीहरु जोर्डन गएका छैनन् ।

लम्साल टिमबाट बाहिरिएपछि नेपालले जान लिम्बुलाई कप्तानको जिम्मेवारी दिएको छ । नेपाली टोलीको कप्तानी पाएका जान जोर्डनविरुद्ध शतप्रतिशत दिएर खेल्ने बताउछन् ।

सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको छनोटमा नेपाल समूह ुएु मा रहेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलंका रहेका छन् ।

नेपालले जोर्डनपछि दोस्रो खेल भदौ ३० गते कुवेतसँग खेल्नेछ । तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानको सामना गर्दा नेपालले अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *