घुँडाको शल्यक्रिया गरेका सिटीका डिफेन्डर लापोर्टे पाँच महिना मैदान बाहिर!

डिसी नेपाल
२८ भदौ २०७६ ८:२०

एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका डिफेन्डर एम्रिक लापोर्टे ५ महिना मैदान बाहिर रहने भएका छन् ।

हालै घुँडाको शल्यक्रिया गरेका लापोर्टे ४ देखि ५ महिना मैदान बाहिर रहने प्रशिक्षक पेप ग्वार्डीवालाले बताएका छन् । प्रशिक्षक ग्वार्डीवालाले लापोर्टे आगामी जनवरी वा फेब्रुअरीमा मात्र मैदान फर्कने बताए ।

दुई साता अघि प्रिमियर लिग अन्तर्गत ब्राइटनविरुद्धको खेलमा फ्रेन्च डिफेन्डर लापोर्टेले दाहिने घुँडामा चोट बोकेका थिए । ब्राइटनका डिफेन्डर आडाम वेब्स्टरको ट्याकलमा लापोर्टेले चोट बोकेका थिए । जुन खेल सिटीले ४–० ले जितेको थियो ।

चोट बोकेपछि स्पेनको बार्सिलोनास्थित एक अस्पतालमा लापोर्टेको शल्यक्रिया गरिएको थियो । घुँडाको शल्यक्रिया गरेपछि लापोर्टेले युरोकप छनोट अन्तर्गत अल्बानिया र एण्डोराविरुद्धको खेल समेत गुमाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *