बिग बाश लिगमा सन्दिप अर्को सिजन पनि मेलबर्नबाटै खेल्ने

डिसी नेपाल
२८ भदौ २०७६ १६:५७

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले पुनः मेलवर्न स्टार्सबाट अष्ट्रेलियाको चर्चित फ्रेन्चाइज बिग बास लिग (बीबीएल) क्रिकेट खेल्ने भएका छन् । गत सिजन उत्कृष्ट प्रदर्शन गरेपछि मेलवर्नले सन्दीपलाई आगामी सिजनको लागि पुनः अनुबन्ध गर्ने भएको हो । यद्यपि सन्दीप र मेलवर्नबीच औपचारिक सम्झौता हुन भने बाँकी रहेको छ । तर, नयाँ सम्झौताको प्रारम्भिक प्रकिया भने अघि बढाइएको छ ।

मेलवर्नका प्रशिक्षक डेभिड हस्सीले सन्दीप यस सिजन क्लबमै रहने बताए । सन्दीपले बंगलादेश प्रिमियर लिगसँगको समय मिलाएर मात्र मेलवर्नसँग सम्झौता गर्ने बताइएको छ । गत सिजन बीबीएलमा मेलवर्नबाट डेब्यु गरेका सन्दीपले डेब्यु सिजन ८ खेलमा ११ विकेट हात पारेका थिए । गत सिजन मेलवर्न स्टार्स फाइनलमा मेलवर्न रेनेगेड्ससँग पराजित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *