मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन उपप्रधानमन्त्री पोखरेलको आग्रह

डिसी नेपाल
२८ भदौ २०७६ १९:३५

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन सबैलाई आह्वान गरेका छन्।

उपप्रधानमन्त्री पोखरेलले कृषि, उद्योग, उर्जा, पर्यटन र पूर्वाधार क्षेत्रको विकास गरेर सरकारले मुलुकलाई समृद्ध बनाउन चाहेको स्पष्ट पार्दै त्यसैमा केन्द्रित भएर सबैले आ–आफ्नो नीति, कार्यक्रम र योजनालाई अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याए।

उनले सबै राजनीतिक दलहरुलाई पनि ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय आकांक्षालाई सम्बोधन हुने गरी दृष्टिकोण अघि सार्न आग्रह गरे।

शनिबार काठमाडौंमा आयोजित ‘किसानहरुसँग सहकार्य’ कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा कृषि क्षेत्रको योगदानलाई बढाउन सरकारले भू–उपयोग नीतिमै परिवर्तन गर्न चाहेको पनि स्पष्ट पारे।

उपप्रधानमन्त्री पोखरेलले सरकारले नयाँ–नयाँ प्रविधि भित्रयाएर कृषि क्षेत्रको आधुनिकीकरण हुने गरी नीति, कार्यक्रम र योजना तय गरेको दावी पनि गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *