धनगढी फुटसल लिगको उपाधि कैलाश विकास बैंकलाई

डिसी नेपाल
२८ भदौ २०७६ २१:४९

कैलाली । यहाँ भएको ‘नेपाल आइस धनगढी फुटसल लिग‘को उपाधि कैलाश विकास बैंकले पाएको छ। आज भएको अन्तिम ‘फाइनल‘ खेलमा नविल बैंकलाई चारका विरुद्ध नौ गोल गर्दै कैलाश विकास बैंकले उपाधि जितेको हो।

‘नेपाल आईस धनगढी फुटसल लिग‘को विजेता बनेसँगै कैलाश विकास बैंकले ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ। उपविजेता बनेको नविल बैंकले २५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ।

कैलाशलाई उपाधि जिताउन निशान थापाले दोहोरो ह्याट्रिक गरेका थिए। यस्तै रमेश बोहोराले दुई र महेश चौधरीले एक गोल थपे।

नविलका लागि विवेक विष्टले दुई तथा वीरेन्द्र विष्ट र केशव चौधरीले एक एक गोल फर्काएका थिए। धनगढीस्थित फ्ल्याटल्याण्ड फुटसल मैदानमा भदौ ६ गतेदेखि शुरु प्रतियोगिताको आजको फाइनल खेल भएको थियो।

लिगको उत्कृष्ट खेलाडीमा नविल वैंकका वीरेन्द्र विष्ट घोषित भई पुरस्कृत भए। सर्वाधिक गोलकर्ता कैलाश विकास बैंकका रमेश बोहोरा र उत्कृष्ट गोलरक्षक कैलाशकै सन्दीप शर्मा भए।

फ्ल्याटल्याण्ड फुटसलका अध्यक्ष आशिष शाहको अध्यक्षमा भएको समापन समारोहमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओडलगायतले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *