नेपालको पोस्टमा जोर्डनको सात गोल

डिसी नेपाल
२९ भदौ २०७६ ५:४२

काठमाडौं । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । शनिबार भएको खेलमा नेपाल घरेलु टोली जोर्डनसँग ७(० गोलको फराकिलो अन्तरले पराजित भएको हो ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा जोर्डनसँग नेपालले पहिलो हाफमा ५ र दोस्रो हाफमा दुई गोल खाएको थियो।खेलको १६ औं मिनेटमा अहमद अब्दुल्लाहले गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाएका थिए । १९ औं मिनेटमा अली अहमद हाजाबीले जोर्डनको अग्रता दोब्बर बनाए । २० औं मिनेटमा अब्देल काडेर अलालेमले जोर्डनको अग्रता तेब्बर बनाए ।

खेलको ४२ औं मिनेटमा मोहमद खालेद अबिडाटले गोल गर्दै जोर्डनको अग्रता ४-० ले अग्रता बनाए । खेलको ४४ औं मिनेटमा अब्देलले व्यक्तिगत दोस्रो गोल गर्दा जोर्डन पहिलो हाफमा ५-० ले अघि रह्यो ।

दोस्रो हाफमा नेपालले थप दुई गोल व्यहोर्यो । खेलको ४७ औं मिनेटमा अब्देलले ह्याट्रिक पुरा गर्दा जोर्डनले नेपालको पोस्टमा आधा दर्जन गोल गरेको थियो । त्यसपछि खेलको ८० औं मिनेटमा सराज मुनिरले गोल गर्दा नेपाल ७-० ले पराजित हुन पुग्यो ।

सन् २०२० मा आयोजना हुने यू–१६ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह ुएु मा रहेको नेपालले अब दोस्रो खेलमा सोमबार कुवेतसँग खेल्नेछ ।यस्तै तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानको सामना गर्दा नेपालले अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *