स्वारेजको दुई गोलमा बार्सिलाेनाकाे सहज जित
एजेन्सी । लुईस स्वारेजको दुई गोलमा बार्सिलाेनाले स्पेनिस लिगमा फराकिलो जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५–२ गोल अन्तरले हराएको हो ।
बार्सिलोनाको जितमा लुईस स्वारेजले दुई, अंशु फाती, डी जोङ र जेरार्ड पीकेले समान एक एक गोल गरेका थिए । भ्यालेन्सियाबाट गामिरो र गोमेजले समान एक एक गोल गरेका थिए । १६ बर्षका फातीले पहिलो रोजाईमा बार्सिलोनाबाट खेल्दै दोस्रो मिनेटमा गोल गरेका थिए ।
सातौ मिनेटमा डी जोङले बार्सिलोनाको अग्रता दोब्बर बनाए । पाहुना टोलीका गेमिरोले २७ औ मिनेटमा एक गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने कोशिश गरेका थिए ।
५१ औ मिनेटमा जेरार्ड पीकेले गोल गर्दै बार्सिलोनालाई अगाडी बढाए । ६१ औ मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ४–१ को स्थितीमा ल्याएका थिए । ८२ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल स्वारेजले बार्सिलोनालाई फराकिलो जिततर्फ अग्रसर गराए ।
दोस्रो हाफको ईन्जुरी समयमा गोमेजले गोल गर्दै पाहुना टोलीको हार अन्तर ५–२ मा झारेका थिए ।बार्सिलोना ४ खेलबाट ७ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । भ्यालेन्सिया ४ अंक जोड्दै तालिकाको १४ औ स्थानमा छ ।
Facebook Comment