नेयमारले जिताए पीएसजीलाई

डिसी नेपाल
२९ भदौ २०७६ ६:२३

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले स्ट्रासबर्गलाई १–० ले हराएको छ ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन नेयमारले निर्णायक गोल गरे । खेलको इन्जुरी समयमा नेयमारले बाईसाइकल किकमा गोल गर्दै पीएसजीलाई जित दिलाए ।

जितसँगै पीएसजीले ५ खेलबाट १२ अंक जोडेको छ । पीएसजीको यो चौंथो जित हो । जितसँगै पीएसजी लिगको शीर्ष स्थानमा यथावत रहेको छ । स्ट्रासबर्गले ५ खेलबाट ३ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *