प्रिमियर लिगमा चेल्सीको जित, अब्राहमको ह्याट्रिक

डिसी नेपाल
२९ भदौ २०७६ ६:४३

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले उल्भ्सलाई ५–२ गोल अन्तरले हराएको हो ।

उल्भ्सको घरेलु मैदानमा लण्डन क्लबको जितमा टम्मी अब्राहमले ह्याट्रिक गरे । माउन्ट र तोमोरीले समान एक एक गोल गरे । खेलको ३१ औ मिनेटमा तोमोरीको गोलबाट चेल्सीले खेलमा अग्रता लिएको थियो । अब्राहमले ३४ औ मिनेटमा लण्डन क्लबको अग्रता दोब्बर पारे ।

४१ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई पहिलो हाफमा ३–० ले अघि बढाएका अब्राहमले ५५ औ मिनेटमा ह्याट्रिक पुरा गरे । तर दोस्रो हाफमा उल्भ्सले दुई गोल फर्कायो । अब्राहमकै आत्मघाती गोलमा उल्भ्सले गोलको अन्तरलाई घटाउने काम गर्यो । कुट्रोनले ८५ औ मिनेटमा एक गोल गर्दै खेललाई ४–२ को स्थितीमा पुर्याए । खेलको इन्जुरी समयमा माउन्टले गोल गर्दै चेल्सीलाइ फराकिलो जित दिलाए ।

पछिल्लो नतिजासंगै चेल्सी ५ खेलबाट ८ अंक जोड्दै तालिकाको छैटौ स्थानमा उक्लिएको छ । उल्भ्स ३ अंक सहित रेलिगेशन जोनमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *