लिभरपुलको अपराजित यात्रा कायम, मानेले उल्ट्याए खेल

डिसी नेपाल
२९ भदौ २०७६ ७:०५

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले अपराजित यात्रा कायम राखेको छ । शनिबार भएको खेलमा न्युकासल युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले अपराजित यात्रा कायम राखेको हो ।

घरेलु मैदानमा लिभरपुलले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । लिभरपुललाई जित दिलाउन साडियो मानेले दुई गोल गरे । यस्तै मोहमद सलाहले एक गोल गरे । न्युकासलका जेट्रो विलिम्सले एक गोल गरे ।

एनफिल्डमा खेलको सातौं मिनेटमा जेट्रोले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए । तर, २८ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । ४० औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल २–१ ले अघि रह्यो।

त्यसपछि खेलको ७२ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए । जितसँगै लिभरपुलले शीर्ष स्थान कायम राखेको छ । लिभरपुलले ५ खेलबाट १५ अंक जोडेको छ । न्युकासलको पाँच खेलबाट ४ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *