नर्विचसँग म्यानचेस्टर सिटीको अप्रत्यासित हार

डिसी नेपाल
२९ भदौ २०७६ ७:४८

एजेन्सी । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी नर्विच सिटीसँग स्तब्ध बनेको छ । सिटी यसै सिजन प्रिमियर लिगमा बढुवा भएको नर्विचसँग ३–२ ले स्तब्ध बनेको हो ।

सिटीलाई स्तब्ध बनाउन केन्नी म्याकलिन, टोड क्यान्टवेल र टिमु पुक्कीले गोल गरे । सिटीका लागि सर्जियो अगुइरो र रोड्रिले गोल फर्काए । क्यारो रोड नर्विचमा भएको खेलमा घरेलु टोलीले खेलको १८औं मिनेटमा इमिलियानोको पासमा केन्नीको गोलबाट अग्रता लिएको थियो ।

२८औं मिनेटमा टोड क्यान्टेवलले पुक्कीको पासमा गोल गर्दौ शुरुवाती ३० मिनेटभित्र डिफेन्डिङ च्याम्पियनविरुद्ध २–० को अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा अगुइरोले बर्नाडो सिल्भाको पासमा गोल गर्दै सिटीलाई खेलमा फर्काउने संकेत दिएका थिए ।

दोस्रो हाफको शुरुमै टिमु पुक्कीले इमिलियानोको पासमा गोल गर्दा घरेलु टोलीले ३–१ को अग्रता लियो । ८८औं मिनेटमा रोड्रिले जेससको पासमा गोल गरेपनि सिटीले २–३ को हार बेहो¥यो ।

प्रिमियर लिगमा सिटीको यो पहिलो हार । हारपछि पनि सिटी १० अंक जोडेर दोस्रो स्थानमा छ । सिटी शीर्षस्थानको लिभरपुलभन्दा ५ अंकले पछि परेको छ । दोस्रो जित निकालेको नर्विच ६ अंकसहति १२औं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *